Connect with us
Kapilvast Forest

यी सडकखण्ड २२ वैशाखदेखि १० दिन आंशिक बन्द हुने

२०८२, २१ बैशाख आईतवारमा प्रकाशित

नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलमोड सडकमा वैशाख २२ गतेदेखि १० दिनसम्म आंशिकरुपमा बन्द गरिने भएको छ । सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

यी स्थानहरूमा रोकिनेछ सवारी साधन

नागढुंगा चेकपोस्ट ट्ठ काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।

खत्रीपौवा पुल : नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ ।

वैकल्पिक मार्गको व्यवस्था

यातायातमा समस्या नहोस् भन्नका लागि साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।

वैकल्पिक मार्गहरू यस्ता छन्–

१. सितापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्ग

२. सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्ग

रोकिएका सवारी साधनहरुलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यमा जान दिइने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu