अर्घाखाँचीको शितगंगाले विद्यालय समायोजन गर्दा बालबालिका पढाउनकै लागी बसाइँ सर्न बाध्य
अर्घाखाँची –
अर्घाखाँचीको शितगंगा नगरपालिका ले बिधालय समायोजन गर्दा स्थानिय बालबालिका मर्कामा परेका छन । जिल्लाको शितगंगा १२ दमारेमा रहेको बाल ज्योति आधारभूत विद्यालयलाई स्थानीय सरकारद्वारा विद्यालय समायोजनको नाममा खारेज गरिएपछि स्थानीय अभिभावकले तीव्र आक्रोश पोखेका छन ।
बिधालयमा विद्यार्थी संख्या ८ जना रहेतापनि विद्यालयमा अहिले पनि नियमित पढाई भैरहेको अवगत हुदाहुदै पछिल्लो समय बसाइँसराइ बढेको भन्दै विद्यालय समायोजनको नाममा विद्यालयको अस्तित्व नै मेटिने गरि बिधालय समायोजन गर्दा बालबालिकाको पढ्न पाउने संवैधानिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप भएको स्थानीय अभिभावकहरूको आरोप छ।
“सरकार आफैले गाउँ छोड्न बाध्य बनायो”, एक जना अभिभावकले आँशु झार्दै भन्नुभयो, “बर्खायाममा तीन घण्टा टाढाको विद्यालय जानु पर्ने बाध्यता छ, यसरी हामी कसरी बालबालिकाको भविष्य बनाउने?” उहाँले भाबुक हुँदै भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनाखर घिमिरेले विद्यालय हटाएर स्थानीयलाई बसाइँसराइ गर्न बाध्य पारिएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारले गाउँलाई शिक्षाबिहीन बनाउँदैछ। यसले गर्दा गाउँ रित्तिने खतरा बढेको छ।” अभिभावकहरुको मागलाई सम्बोधन गर्दै घिमिरेले भन्नुभयो विद्यालय फिर्ता गरियोस, अन्याथा तपाईंहरु मनलाग्दी गर्नुहोस् र हाम्रो जनता होइनन भन्नुहोस् भन्दै आक्रोश पोख्नुभयो ।
स्थानियले बच्चाहरु लिएर नगरपालिका धाउदा नगर प्रमुख छविलाल पौडेल, उप प्रमुख गिता भाट र शिक्षा अधिकृतले गैरजिम्मेवार जवाफ दिदै कार्यपालिकाले गरेको निर्णय अब फर्काउन नसकिने जवाफ दिएको भन्दै अभिभावकहरुले दुख व्यक्त गरे ।