Connect with us
Kapilvast Forest

‘रक्सी चोरेको होइन’ भनेर लेखेको भए हुन्थ्यो : रास्वपा सांसद ढकाल

२०८२, २५ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नीति तथा कार्यक्रम विगतको कपिपेस्ट भएको र गर्न नसकिने कामहरू मात्रै समावेश गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।‘नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ,’ भनेर नीति तथा कार्यक्रममा लेखेको भए हुने भन्दै उनले सरकारलाई व्यंग्य गरे ।

‘सदनको सिर्जनालाई मारिनेछ, आरोप र प्रत्यारोपको बहस गराइनेछ, यतिसम्म कि रक्सी मैले चोरेको होइन भनेर बहस गराइन्छ भनेर लेखेको भए हुन्थ्यो । निराश बनाइको छ सदनलाई,’ उनले व्यंग्य गरे ।राष्ट्रलाई व्यापक दलीय करण गर्ने, संवैधानिक निकायहरू कब्जा गर्ने, राष्ट्र बैङ्क कांग्रेसको भागमा र धितोपत्र एमालेलाई दिइएको खुल्लमखुल्ला बहस गराइएको भन्दै ती विषयलाई पनि नीति तथा कार्यक्रममा समेट्न सरकारलाई व्यंग्यात्मक रुपमा टिप्पणी गरे ।

‘यहाँ गज्जब हुँदो रहेछ, गर्न नसकिने र नगरेका काम लेख्ने, अनि गरेको काम नलेख्ने पो रहिछ । यहाँ लेख्या भए हुन्थ्यो त, नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो,’ सांसद ढकालले भने, ‘राष्ट्रलाई व्यापक दलीय करण गरिन्छ, संवैधानिक निकायहरू कब्जा गरिन्छ लेखेको भए हुन्थ्यो । अझ, राष्ट्र बैंक त कांग्रेसको भागमा भन्दै खुलमखुला बहस गरिन्छ । धितोपत्रको अध्यक्ष एमालेले लयो रे, त्यो पनि लेखेको भए हुन्थ्यो ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu