Connect with us
Kapilvast Forest

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ३ किलोमिटर कालोपत्रे बाँकी

२०८२, २५ बैशाख बिहीबारमा प्रकाशित

चितवन –

पृथ्वी राजमार्गको आँबुखैरेनी(पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको सडक विस्तार आयोजनाले जनाएको छ । एकतर्फी कालोपत्रे गर्न ३ किलोमिटर मात्रै बाँकी रहेको मुग्लिन पोखरा सडक आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । बाँकी सडक कालोपत्रे गर्ने काम चालु आवमा नै सकिने उनले बताए ।पूर्वी खण्डको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशतको हाराहारीमा पुगेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म ४१।४५ किलोमिटर लामो पूर्वी खण्डको ३८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।
इन्जिनियर पाण्डेका अनुसार दमौली क्षेत्रमा डेढ किलोमिटर, डुम्रे बजार नजिकै ३ सय मिटर र बिमलनगर नजिकै ७ सय मिटर जति सडक मात्रै कालोपत्रे हुन बाँकी छ । अरु सबैतिर पिचको काम सकिएको उनले जानकारी दिए ।तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । चैतको अन्तिम र वैशाखमा परेको पानीले केही दिन काममा डिस्टर्ब भए पनि अहिले भने कामले गति लिएको छ ।पूर्वी खण्डको तेस्रोपटक थपिएको म्याद आगामी असार २९ गतेसम्म छ । सो म्यादभित्र सडक विस्तारको काम सकेर सडक सुरक्षाका बाँकी काम गरिने इन्जिनियर पाण्डेले बताए ।

पूर्वी खण्डमा निर्माणधीन मादी नदी बाहेकका १७ वटा पुल सबै तयार भइसकेका छन् । चालु आर्थिक वर्ष लागेसँगै तीव्र गतिमा सडक विस्तारको काम थालिएको सडक आयोजनाका इन्जिनियर पाण्डेले बताए ।तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ । हालसम्म सो पुलको ७० प्रतिशत काम पूरा भएको छ । पुलको फाउन्डेसन सबै सकिएको छ । तीनवटा बिम स्ल्यापको काम सम्पन्न भएको र एउटाको काम भइरहेको छ । ६ वटा स्ल्यापमध्ये चारवटा चालु आर्थिक वर्षभित्र सकिने इन्जिनियर पाण्डेले जानकारी दिए ।

एसियाली विकास बैंक ९एडीबी०को सहुलियतपूर्ण ऋण सहयोगमा तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको दुई लेनको सडक विस्तार गरी चार लेन र बजार क्षेत्रमा ६ लेनमा विस्तार भइरहेको छ ।वैशाख २०८१ सम्म काम सक्ने लक्ष्य राखेर चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको थियो । तर तोकिएको समय अवधिमा काम सम्पन्न नभएपछि तेस्रोपटक म्याद थप गरी कामलाई निरन्तरता दिइएको छ ।

आयोजनाको पश्चिमी खण्ड जामुने(पोखरा सडक विस्तारका लागि ३ जेठ २०७८ मा चीनकै एनहुई केयूएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा ९सेती पुल बाहेक० ठेक्का सम्झौता गरेको थियो । ३८।८८ किलोमिटर दूरी रहेको पश्चिमी खण्डको करिब ५२ प्रतिशत भौतिक प्रगति भएको पश्चिम खण्डले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu