रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं –
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका अदालत लगिएको छ ।उनलाई प्रहरीले हतकडीसहित सातौ पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।तीनकुने घटनामा १५ गते राति पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् ।तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।
मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै दुई साताअघि छाडेको थियो । छुटेका धवलशमशेर राप्रपाको एक कार्यक्रममा समेत देखिएका थिए ।

