Connect with us
Kapilvast Forest

पाकिस्तानी प्रधानमन्त्रीले अमेरिकी विदेशमन्त्रीलाई किन यस्तो भन्यो

२०८२, २६ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं –

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पाकिस्तानसँग आत्मरक्षाको अधिकार रहेको स्मरण गराएका छन् ।उनले पाकिस्तानलाई संयुक्त राष्ट्रसंघको चार्टरको अनुच्छेद–५१ बमोजिम आत्मरक्षाको अधिकार रहेको सूचित गरेका हुन् ।प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्य अनुसार, शहबाजले भारतद्वारा गरिएका मिसाइल र ड्रोन आक्रमणहरूलाई कडा शब्दमा निन्दा गरे । यी आक्रमणमा ३१ जना निर्दोष नागरिकको मृत्यु, ५७ जना घाइते र नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको उनले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शरीफले भने, ‘भारतका आक्रमणहरूले पाकिस्तानको संप्रभुता र भौगोलिक अखण्डताको उल्लंघन मात्र गरेका छैनन्, यसले दक्षिण एशियाको शान्ति र स्थायित्वमा गम्भीर खतरा उत्पन्न गरेको छ।’उनले पाकिस्तानको सम्प्रभुता र अखण्डता जोगाउन हरेक मूल्य चुकाउने संकल्प दोहोर्‍याए। साथै, उनले पाकिस्तानी जनतामा भारतको अकारण युद्धको कदमप्रति गहिरो आक्रोश रहेको बताए ।

शहबाजले राष्ट्रपति ट्रम्पले दक्षिण एशियाको सुरक्षा स्थितिप्रति देखाएको चिन्तालाई स्वागत गरे।विदेशमन्त्री मार्को रुबियोले भने अमेरिका दक्षिण एशियाको वर्तमान परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र क्षेत्रीय शान्ति र स्थायित्वको पक्षधर रहेको बताएका छन् ।रुबियोले दुवै पक्षलाई तनाव कम गर्न मिलेर काम गर्न आग्रह गरेका छन्। अमेरिकाले दुवै देशबीच सीधा संवाद र सञ्चार कायम राख्न जोड दिएको र आतंकवादीहरुलाई समर्थन नगर्न भनेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

भारतले बुधबार बिहान पाकिस्तान र आजाद जम्मू–कश्मीर मा आक्रमण सुरु गरेको थियो, जसलाई इस्लामाबादले ‘युद्धको खुला घोषणा’ भनेको छ।पाकिस्तानका अनुसार भारतले मस्जिददेखि जलविद्युत परियोजनासम्मका ६ वटा स्थानमा आक्रमण गरेको थियो। आक्रमणमा ३१ जना सर्वसाधारण, जसमा बालबालिका पनि थिए, शहीद भएका छन् भने ५७ जना घाइते छन्। भारतले अहमदपुर ईस्ट, मुरिदके, सियालकोट, शक्करगढ़ ९पञ्जाब० र मुजफ्फराबाद, कोटलीलाई निसाना बनाएको पाकिस्तानले जनाएको छ ।

यसको जवाफमा, पाकिस्तानी सेनाले भारतीय वायु सेनाका पाँच जेट खसालेको, सातवटा ड्रोन ध्वस्त पारिएको, एक ब्रिगेड मुख्यालय र धेरै चेकपोस्टहरू नष्ट गरेको दाबी गरेको छ । पाकिस्तानी सेनाले यी सबै नियन्त्रण रेखा नजिकका स्थानमाहरूमा भएको बताएको छ ।यसअघि अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले यसबाहेक अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस। जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग फोनमा कुराकानी गरेको जानकारी दिएकी थिइन् । अमेरिकाले दुवै देशलाई युद्धको कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu