चिनियाँ नागरिकहरूलाई नेपाल-भारत सीमावर्ती क्षेत्रहरूमा नजान दूतावासको आग्रह

काठमाडौं –
नेपालस्थित चीनियाँ दूतावासले चिनियाँ नागरिकहरूलाई नेपाल-भारत सीमावर्ती क्षेत्रहरूमा नजान सुझाव दिएको छ ।दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्, त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।’

