Connect with us
Kapilvast Forest

फेरि बन्द भयो हेटौंडा सिमेन्ट

२०८२, २७ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं –

एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रिदा शुक्रबारदेखि उत्पादन बन्द भएको छ।सो उद्योगमा आर्थिक सङ्कटका कारण कच्चापदार्थ कोइलालगायत अन्य उपकरण खरिद गर्न नसकेपछि विगत छ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन।चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन शुरु गरेकोमा हाल आएर सो उद्योगको किलमिलको केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकारण खरिद गरी जडान गर्नुपर्ने भएपछि एक हप्तापछि उत्पादन गर्ने गरी बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक विनयकुमार कर्णले जानकारी दिए।

हाल सो उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको निमित्त महाप्रबन्धक कर्णले बताए। तत्कालीन सरकारले यस उद्योग २०३३ मा हेटौँडाको लामसुरेमास्थापना गरेको थियो। उद्योगले २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक सिमेन्ट उत्पादन शुरु गरेको थियो।सरकारले उद्योग निर्माणका लागि एक अर्ब ५० करोड लगानी गरेको थियो। सो उद्योगले साविकमा सिमेन्ट उत्पादन दैनिक १८ हजार बोरा गरेको भए पनि विभिन्न उपकरण जीर्ण भएका कारण हाल दैनिक १२ हजार बोरा मात्र उत्पादन हुने गरेको उद्योग व्यवस्थापनले जनाएको छ।

उक्त उद्योगमा अहिले प्रशासन, लेखा भण्डारण, प्राविधिक र मजदुर कर्माचारी गरी करिब दुई सय जनाले स्थायी रोजगारीको अवसर पाइरहेका छन्।उद्योगले मकवानपुरको भैँसे, ओखरेखानी र धादिङको जोगिमाराबाट दैनिक चुनढुंगा ढुवानी गरी ल्याउने गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu