Connect with us
Kapilvast Forest

भारत-पाकिस्तान तनावबारे विश्वप्रकाशका पाँच सुझाव

२०८२, २७ बैशाख शनिबारमा प्रकाशित

काठमाण्डौ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत पाकिस्तान तनावबारे सरकारलाई पाँच बुँदामा सुझाव दिएका छन्।भारत र पाकिस्तानले एक अर्काविरूद्ध जबाफी कारबाही भनेर आक्रमण गरिरहँदा शर्माले नेपालमा त्यसको प्रभाव र सतर्कता सम्बन्धमा सरकारलाई पाँच बुँदामा सुझाव दिएका हुन्।उनले विश्वका अन्य मुलुकमा भएका युद्ध र तनावका कारण विगतमा नेपालले ब्योहोरेको क्षति स्मरण गरी गम्भीर राष्ट्रिय विमर्श गर्नुपर्ने बताएका छन्।

त्यस्तै भारत(पाकिस्तानबाट फर्कन चाहने नेपालीहरूलाई आवश्यक सहजीकरण गर्नु राष्ट्रको पहिलो प्राथमिकता हुने पनि शर्माले बताएका छन्।उनले भारत(पाकिस्तान तनावका विभिन्न आयामहरूबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुपर्ने बताए।

यस्ता छन् उनले पाँच बुँदामा दिएका सुझाव :

१- बाह्य लडाइँमा हाम्रो क्षति स्मरण

इराकमा १२ नेपाली श्रमिक एकसाथ मारिए, इजरायलमा १० नेपाली विद्यार्थी। हमासको कब्जाबाट विपिन जोशी फिर्ता भएका छैनन्। रुस(युक्रेन युद्धमा इमानदार स्विकारोक्ती राख्दा ठ्याक्कै यति नेपालीले ज्यान गुमाए भन्ने तथ्यांक हामीसँग छैन। यस्तो स्मरणले यतिबेला ुगम्भीर रास्ट्रिय विमर्श र गम्भीर रास्ट्रिय एकताु माग गर्दछ।

२- जोखिम क्षेत्रबाट फर्किन सहजीकरण

भारत र पाकिस्तानमा हजारौं नेपाली अध्ययन, श्रम र व्यवसायमा छन् । हाम्रो पहिलो ध्यान तिनको रक्षामा पुग्नुपर्छ । जोखिम क्षेत्रका लागि ुसूचना र सम्पर्क नेटवर्कु स्थापित गर्दै काठमाडौं, दिल्ली र इस्लामावादमा सरकारले ुरेस्क्यु डेस्कु निर्माण गरोस्। जोखिम क्षेत्रबाट घर फर्कन चाहनेलाई आवश्यक सहजीकरण, राष्ट्रको प्राथमिक कर्तव्य हो ।

३-साझा राष्ट्रिय अभिमत जरुरी

सरकारले आफ्नो दृष्टिकोण एक हदसम्म सार्वजनिक गरिसकेकै छ। अब जरुरी छ ुसाझा राष्ट्रिय अभिमतु निर्माण। प्रधानमन्त्रीले अविलम्ब सर्वदलीय छलफल बोलाउनु उचित हुन्छ। हाम्राबीच अनेकन बिमती छन्, तर छिमेकीको लडाइँमा हामी विभाजित हुनुहुन्न। सरकार विशेष गम्भीर हुनुपर्छ। विपक्षी दलहरु विषयगत संवेदनशीलता दृष्टिगत गरेर सरकारको साथमा उभिनुपर्दछ।

४- सार्क अध्यक्ष नेपालको भूमिका बढ्नुपर्छ

आतंकवाद नियन्त्रण तर युद्धको चाँडो समाप्तिका लागि सार्क अध्यक्षका रुपमा नेपाल देशको क्रियाशिलता समग्र विश्व राजनीतिले महसुस गर्नसक्ने उचाइको हुनुपर्छ। नेपाल देश र नेपाल सरकारलाई युद्धको दर्शक बन्ने छुट छैन, यो परीक्षामा हाम्रो नेतृत्वले देशलाई उत्तीर्ण गराउन सक्नुपर्छ।

५- बहुआयामिक असर सामनाको तयारी

भारत(पाक युद्ध लम्बियो भने हाम्रो आयात, बजार मुल्य, अन्तर्राष्ट्रिय उड्यन, बाह्य व्यापार, पर्यटक आगमन र समग्र अर्थतन्त्रमा हामीलाई गम्भीर असर पर्नसक्ने देखिन्छ । यस्तो अवस्था सामना गर्न सम्पूर्ण तयारीको क्षमता संघीय, प्रदेश र स्थानीय सरकारहरुले राख्नुपर्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu