Connect with us
Kapilvast Forest

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हरायो

२०८२, २७ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं –

नेपालले आईसीसी महिला टी(२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ ।तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो । वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४।२ ओभरमा १ विकेट गुमाएर पूरुा गर्‍यो ।कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा सम्झना खड्का १३ रनमा तथा कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहे ।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । कप्तान दिपिका रंगासिकाले १३ बलमा सर्वाधिक ३४ रन बनाइन् ।बहराइनले सुरुवात सुस्त गरेपनि कप्तान दिपिकाको आक्रमक ब्याटिङमा ५ ओभरमा चुनौतीपूर्ण योगफल खडा गर्न सफल भएको थियो । उनी श्रीलंकाबाट खेलिसकेकी खेलाडी हुन् ।

यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो । नेपाल र हङकङले १/१ अंक बाँडे ।अब नेपालले मंगलबार हङकङसँग खेल्ने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu