Connect with us
Kapilvast Forest

अगुवा कृषक तथा कृषि प्राविधिकहरुलाई क्वारेन्टाइन तथा निर्यात योग्य उत्पादन सम्वन्धी गोष्ठी

२०८२, २८ बैशाख आईतवारमा प्रकाशित

कपिलवस्तु –
कपिलवस्तुको तौलिहवामा अगुवा कृषक तथा कृषि प्राविधिकहरुलाई क्वारेन्टाइन तथा निर्यात योग्य उत्पादन सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । क्वारेन्टिन कार्यालय कपिलबस्तुद्वारा कृषि ज्ञान केन्द्रद्धारा आयोजित सो गोष्ठीमा समन्वय समितिका सभापति बाबुराम आचार्यले नेपालमा उत्पादन भएका बस्तुहरुलाई भारत लगातय अन्य देशमा समेत निर्यात गर्ने गरी काम अघि बढाउनु पर्ने बताए ।

उनले देशले स्थानीय आवश्यकता अनुमान गरेर मात्र उत्पादन गर्ने गरेको बताए । नेपालमा भने त्यसको आंकलन हुन नसक्दा जथाभावी उत्पादन हुने र विक्री नहुने समस्या झेल्नुपरेको उनले बताए । जोसँग खेतबारी छ, त्यो कुनै पनि कठिनाईमा नमर्ने बताउँदै आचार्यले संघीयता सुध्रिँदै जाँदा बजारको व्यवस्थापन पनि हुँदै जाने उनले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेललें उत्पादीत बस्तुहरुलाई बजारीकरण गर्न पहल गर्नु पर्ने बताए । उनले उत्पादन मात्र गर्नुभन्दा पनि बजारसम्म पु¥याउन सकेमात्र त्यो अर्थसँग जोडिने बताए । कार्यक्रममा बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेश बहादु केसीले जटिल कानुन प्रक्रियाका कारण कृषकहरुले धेरै समस्या भोग्नु परेको बताए । यस्ता कार्यक्रमहरुले कृषकहरुले केही सहज हुने उनले बताए ।

कार्यक्रममा अगुवा कृषक महन्थ केवटले कृषकहरुले ठूलो परिमणमा कृषिजन्य बस्तुहरु उत्पादन गरेर निर्यात गर्नु पर्ने बताए । पहिला क्वारेण्टिन कार्यालयले के काम गरिरहेको त्यस विषयमा जानकारी नभएको उनले बताए । क्वारेन्टनाईन कार्यालय कृषण्नगरका प्रमुख सहसारा चौधरीले हानिकारक रोग, कीरा र झारपात तथा झारपातको बीउको प्रवेश स्थानमा रोक्न क्वारेन्टिन आवश्यक रहेको बताए । त्यस्तै सडेगलेका उपभोग योग्यहिन कृषि बस्तुहरुको प्रवेशमा रोक लगाउने, स्वस्थ देखिने तथा सुक्ष्म जीवहरुको प्रवेश गर्ने माध्यम माटो, झ्याउ तथा अन्य एजेन्टहरुको प्रवेशमा रोक लगाउने लगायतका कार्यहरु क्वारेन्टिन कार्यालयले गरिरहेको बताए ।

भारत, चीन लगायत बाहिरबाट आयात हुने शंकास्पद चिजबस्तुलाई क्वारेन्टिनमा राखेर चेकजाँच गर्ने गरिरहेको उनले बताए । तौहिलवामा गरेको उक्त कार्यक्रम अगुवा कृषक, विभिन्न स्थानिय तहका कृषि शाखा प्रमुख, एवम् कृषि प्राविधि लगायतको सहभागिता रहेको थियो ।

ढिस्कोमा पुरिदा एक जनाको मृत्यु, एक जना घाइते
कपिलवस्तु २८ बैशाख
कपिलवस्तुको विजयनगर गाउँपालिका–१, नेवलागन्जमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ । ढिस्कोले पुरिँदा विजयनगर–१ नेवलागञ्जका ३० वर्षीय केशब थापाको मृत्युु भएको प्रहरीले जनाएको छ । नेवलागञ्ज–मधनगरा जोड्ने विशवा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको फाउन्डेशन खन्ने क्रममा अचानक माटोको ढिस्को खस्दा कामदार केशब थापा र सर्जुलाल चौधरी गम्भीर घाइते भएकामा उपचारको क्रममा आधारभूत अस्पताल चन्द्रौटामा थापाको मृत्युु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।अर्का दुर्घटनामा घाइते भएका ४८ वर्षीय सर्जुलाल चौधरीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । स्थानीयले घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu