Connect with us
Kapilvast Forest

बुद्धको सन्देश आजको युगमा झन सान्दर्भिक छ : पुर्वमन्त्री शाह

२०८२, २९ बैशाख सोमबारमा प्रकाशित

न्युजसेन्टर नेपाल- कपिलवस्तु ।
२५६९औं बुद्ध जयन्तीको अवसरमा पूर्व कृषि तथा सहकारी मन्त्री, संविधानसभा सदस्य तथा नेकपा एमालेका अग्रज नेता अकबाल अहमद शाहले सम्पूर्ण नेपाली जनता तथा विश्वभर रहेका बुद्ध अनुयायीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

कपिलवस्तु निवासी शाहले ऐतिहासिक र बौद्धिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण यस अवसरमा शान्ति, करुणा, अहिंसा र समभावको सन्देशलाई पुनः आत्मसात गर्न सबैलाई आग्रह गरेका छन् ।

शाहले शुभकामना सन्देशमा भनेका छन्, “महात्मा बुद्धले दिनुभएको मार्गदर्शन आजको युगमा झन सान्दर्भिक बनेको छ । बुद्धको दर्शनले हामीलाई सहिष्णुता, समानता र मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ । अहिलेको राजनीतिक, सामाजिक र धार्मिक चुनौतीपूर्ण परिवेशमा बुद्धको शिक्षा प्रकाशपुञ्जझैँ बनेको छ ।”

नेकपा एमालेका केन्द्रीय नेताका रूपमा शाहले लामो समयदेखि मुलुकको समावेशी विकास, संघीयता र सामाजिक न्यायको पक्षमा आवाज उठाउँदै आएका छन् । संविधानसभा सदस्य रहँदा उनले मधेसी, मुस्लिम, आदिवासी जनजाति लगायतका समुदायको अधिकार सुनिश्चित गर्न सशक्त भूमिका निर्वाह गरेका थिए ।

उनले अझ लेखेका छन्, “बुद्धको शिक्षाबाट प्रेरणा लिएर हामीले सामाजिक न्याय, समावेशिता र संघीयताको मूल मर्म अनुसार थप अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्छ । अहिलेको चुनौतीको समयमा प्रतिगमन र धार्मिक अतिवादविरुद्ध दृढ भएर उभिनु अत्यन्त आवश्यक छ ।”

कपिलवस्तुजस्तो ऐतिहासिक जिल्लाबाट उदाएका शाहले बुद्ध धर्मको उद्गमस्थललाई विश्व सामु चिनाउने अभियानमा पनि सक्रियता देखाउँदै आएका छन् । उनले बारम्बार गौतम बुद्धको शिक्षा र दर्शनलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन् । “बुद्ध केवल धर्मका गुरु मात्र होइनन्, मानव सभ्यताको प्रतीक हुन्,” उनले भने ।

शाहले राष्ट्रिय एकता, सामाजिक सद्भाव, विकास र समुन्नत समाज निर्माणका लागि सबै नेपालीहरूलाई एकजुट भएर अघि बढ्न आह्वानसमेत गरेका छन् । “समाजमा भिन्नता हुन सक्छ, तर बुद्धको शिक्षाले हामीलाई सहअस्तित्व र समभावमा बाँध्ने शक्ति दिन्छ,” उनको भनाइ छ ।

अकबाल शाह कपिलवस्तु मात्र होइन, समग्र तराई-मधेस र मुस्लिम समुदायका लागि प्रेरणादायी नेतृत्वका रूपमा उदाएका नेता हुन् । उनी एमालेभित्र उदार, समावेशी र बौद्धिक धारका नेताका रूपमा चिनिन्छन् । शान्तिपूर्ण संघर्ष, बहस र नीतिगत हस्तक्षेपमार्फत परिवर्तन ल्याउन सकिने विश्वासमा उनी दृढ छन् ।

उनले आफ्नो सार्वजनिक जीवनमा जहिल्यै समावेशी विचार, न्यायपूर्ण दृष्टिकोण र समान अवसरको पक्षमा स्पष्ट अडान लिँदै आएका छन् । बुद्ध जयन्तीमा आएको उनको सन्देश त्यसैको निरन्तरता हो ।

शाहको विश्वास छ— यदि हामीले बुद्धको शिक्षालाई व्यवहारमा लागू गर्न सक्यौं भने, मुलुकमा धार्मिक सहिष्णुता, जातीय समावेशिता र सामाजिक समृद्धि सहज रूपमा हासिल गर्न सकिन्छ । शाहले भने हामीले विभाजन होइन, एकता रोज्नुपर्छ; हिंसा होइन, अहिंसा रोज्नुपर्छ; अनि घृणा होइन, करुणा र प्रेम रोज्नुपर्छ,”।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu