Connect with us
Kapilvast Forest

नेपालले लियो एक वर्षमा १ खर्ब १९ अर्ब ऋण

२०८२, १ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौँ –

सरकारले गएको वर्ष १ खर्ब १९ अर्ब ऋण लिएको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२औँ वार्षिक प्रतिवेदनमा वैदेशिक अनुदान भने जम्मा २३ अर्ब २९ करोड रुपैयाँ प्राप्त गरेको उल्लेख छ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा  वैदेशिक ऋण २ खर्ब १२ अर्ब ७५ करोडसमेत २ खर्ब ६२ अर्ब ६९ करोड प्राप्त हुने अनुमान गरेकोमा प्राविधिक सहायताबाहेक अनुदान २३ अर्ब २९ करोड र वैदेशिक ऋण १ खर्ब १९ अर्ब ६ करोडसमेत गरी १ खर्ब ४२ अर्ब ३५ करोड (५४.१९ प्रतिशत) प्राप्त गरेको जनाएको छ।

बजेट वक्तव्यमा अनुमान गरिएको रकमको तुलनामा यो वर्ष वैदेशिक अनुदान ४६.६४ प्रतिशत र वैदेशिक ऋण ५५.९६ प्रतिशत प्राप्त भई समग्रमा ५४.१९ प्रतिशत वैदेशिक सहायता प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu