Connect with us
Kapilvast Forest

हुरीले उडायो घरको छानो, करेन्टले उपेशको ज्यान

२०८२, ५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं –

उपेशलाई घरको आर्थिक अवस्थाले कहिल्यै बसीखान दिएन । उनी मजदुरी गरेर परिवार चलाइरहेका थिए ।उपेश नेपालीको घर सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारिबथान हो । उपेश मजुरीका लागि धुलिखेलमा थिए । तर, धुलिखेलबाट उनी घारिबथान फर्किएनन् । मजदुरीकै क्रममा करेन्टले लियो उनको प्राण ।उपेशको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

उनको धुलिखेलमा मृत्यु भयो । केही दिनअघि(जेठ १ गते) मात्रै घारिबथानमा घरको छानो हावाले उडाइदिएको थियो ।घरको छानो उडाएपछि अप्ठेरोमा परेको परियारमा अहिले ठूलो बज्रपात परेको छ ।घारिबथानस्थित गोपी चोकमा रहेको उपेशको घरको छानो अहिले पनि नजिकै बारीमा अलपत्र रहेको छ ।ईश्वरपुर नगरपालिका १२ का वडाध्यक्ष देविबहादुर खत्री ९शिव०ले शनिबार बिहानमात्र रश्मिलालाई सहयोगको पहल गर्न भन्दै निवेदन लिएर आउन भनेका थिए । त्यसैबेला दुस्खद् खबर सुनेको वडाध्यक्ष खत्रीले बताए ।

‘घरको छानो उडाएको परियारको परिवारलाई कहीँकतैबाट राहत उपलब्ध गराउन सकिन्छ कि भनी पहल गरिरहेका बेला एक्कासी दुःखद् घटना भएको खबर आयो’, वडाध्यक्ष खत्रीले भने, ‘ जेनतेन गुजारा चलाइरहेको उपेशको परिवारमा उनको मृत्युपछि थप दयनीय अवस्था सिर्जना भएको छ ।’हावाहुरीले घरको छानो उडाएपछि सबै गाउँले मिलेर चन्दा संकलन गरी घरको छानो हाल्न सहयोग गर्ने सोच बनाइरहेका बेला उपेशको मृत्यु भएको खबरले गाउँ नै स्तब्ध बनेको छिमेकी प्रदीप खत्रीले बताए ।उपेशको घरमा बुबा, आमा, श्रीमती र दुईजना बालबच्चा छन् । उपेशको करेन्ट लागेर मृत्यु भएपछि श्रीमती रश्मिला धुलिखेल आइपुगेकी छन् ।

‘उपेशको श्रीमती, मामाहरू आउनुभएको छ, उहाँहरुबाट जाहेरी लिएपछि पोष्टमार्टमको काम हुनेछ’, जिल्ला प्रहरी कायालय धुलिखेलका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले उपेशको परिवार धुलिखेल कुँबरले भने ।प्रहरी निरीक्षक कुँवरका अनुसार घटनाको अनुसन्धान भइरहेको समेत जानकारी दिए ।उपेशको शनिबार बिहान ११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको थियो । तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । उनलाई विद्युत प्राधिकरणले ठेक्कामा लिएर काममा लगाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu