Connect with us
Kapilvast Forest

प्रेस युनियनको स्थापना दिवसमा ७ सय रिफ्लेक्टिभ स्टिकर

२०८२, १५ जेष्ठ बुधबारमा प्रकाशित

कपिलवस्तु-

लोकतन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसर पारेर तौलिहवा स्थित बुद्ध पद्म माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीको साइकलमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको छ ।ट्राफिक प्रहरी कार्यालय तौलिहवाको प्राबिधिक सहयोग र बुद्ध पद्म माध्यमिक बिद्यालयको समन्वयमा नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको आयोजनामा बिद्यार्थीहरुको साइकलमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको हो ।

सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थीको ७ सय बढी साइकलमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको हो । रेडियमको स्टिकर अंध्यारोमा टल्कने हुँदा साइकलमा यात्रा गर्ने विद्यार्थीहरुलाई दुर्घटनामा पर्नबाट जोगाउने कार्य गर्दछ । रिफ्लेक्टिभ स्टिकर टाँस्ने क्रममा विद्यालयमा आयोजित बिहानी प्रार्थना सभामा ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरीक्षक दिपकराज गिरीले सडक सुरक्षा बारे विद्यार्थीलाई सचेतना प्रवाह गरेका थिए ।

उनले विद्यार्थीहरुलाई साइकलमा सामूहिक रुपमा कुराकानी गर्दै नहिंड्न, लाइसेन्स लिएर हेल्मेटको अनिवार्य प्रयोग गरेर सवारी साधन चलाउन, क्षमता भन्दा बढी व्यक्ति सवारी साधनमा नचढाउन र ट्राफिक नियमको पालना गर्दै सडकमा यात्रा गर्न सचेतना प्रवाह गरेका थिए ।

विद्यार्थीहरुको साइकलमा रिफ्लेक्टिभ स्टिकर लगाउने कार्यले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतना अभिवृद्धिमा सहयोग पुर्याउने उनले बताए । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर विद्यार्थीको साइकलमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने र ट्राफिक सचेतना गर्ने कार्य प्रभावकारी भएको बुद्ध पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम भण्डारीले बताए ।

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसर पारेर साताव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका अध्यक्ष खग प्रसाद चापागाईले बताए । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख सहितको टोली, प्रेस युनियनका जिल्ला कोषाध्यक्ष बृजेश जयसवाल, सदस्यहरु विनोद अधिकारी, अनिल कुमार माली, हनुमान पाण्डेय, समाजसेवी अखिलेश्वर दुबे लगायत विद्यालयका शिक्षक कर्मचारीको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu