Connect with us
Kapilvast Forest

म एमालेको झोले हुँ र त्यसमा गर्व लागेको छ प्रधानमन्त्री ओली

२०८२, १८ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौँ –

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एमालेको झोले भएको र त्यसमा गर्व लागेको बताएका छन्। सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्नुपर्नेमा उनले जोड दिए।

काठमाडौँमा आज भएको एक कार्यक्रममा उनले  भने, “म एमालेको झोले हुँ। यतिभन्दा एमालेको विरोधीहरुलाई चित्त बुझ्छ होला। म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु। यसमा मलाई गर्व छ ।”

अध्यक्ष ओलीले थपे, “जेमा पनि खोट देख्ने तथा कथित आलोचनात्मक चेतबाट माथि उठ्नुस्। ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्नुस्। तपाईंहरु बुद्धि बेचेर खाने वर्गमात्रै होइन, बौद्धिक वर्ग हो। देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरुको विरोध गर्नुस्। सही विचार बोक्नेहरुलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस्।”

एमालेले राष्ट्रिय एकतालाई सर्वोपरी ठान्ने स्पष्ट गर्दै उनले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वीपथका नाममा राजतन्त्र पुनःस्थापाको कुरा उठाउनु अप्रसाङ्गिक हुने टिप्पणी गरे।सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बनेको दावी गर्दै उनले व्यक्तिगत महत्वाकाङ्क्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेले एकल बहुमत ल्याउन सक्ने बताए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu