Connect with us
Kapilvast Forest

दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु

२०८२, २० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली-२ दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन् ।स्कुल भ्यानका चालक देवचुली नगरपालिका-१ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको हो।

बुटबलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ जाँदै गरेको दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीको बा २० च ७२ नम्बरको स्कुल भ्यान एक आपसमा ठोक्किएकोनवलपुर प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा सवार रूपन्देहीको बुटवल गोलपार्कका ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई र सोही ठाउँका २५ वर्षीया स्नेहा परियार तथा भ्यानमा सवार देवचुली- १७ का १० वर्षीया आयुषा गौतम र ६ वर्षीया सोखनिया रोक्का घाइते भएका छन्।

उनीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। एम्बुलेन्समा आएका बिरामीलाई अर्को एम्बुलेन्समा राखी चितवन पठाएको प्रहरी नायब उपरीक्षक नेपालले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu