Connect with us
Kapilvast Forest

रास्वपाको सचिवालय र संसदीय दलको बैठक आज

२०८२, २० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ। सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

यो बैठक भिजिट भिसा प्रकरण र गृहमन्त्री रमेश लेखकको राजीनामाबारे केन्द्रित रहेनछ। यसबाहेक समसामयिक राजनीतिको समीक्षा र पार्टीको महाधिवेशन केन्द्रित गतिविधि, पालिका र वडा तहका कमिटीहरूको अधिवेशनबारे पनि छलफल हुनेछ। जेठ २३ गतेबाट आरम्भ गर्ने भनिएको जनयात्राबारे पनि बैठकमा छलफल गर्ने कार्यसूची छ ।

सचिवालयको बैठक सकिएलगत्तै अपराह्न ३ बसे संसदीय दलको बैठक बोलाइएको छ। संघीय संसदमा गृहमन्त्रीको राजीनामा माग्दै अवरोध कायम छ। यसलाई थप सशक्त बनाउनेबारे दलको बैठकमा छलफल हुनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu