Connect with us
Kapilvast Forest

कोलोराडोमा यहुदी विरोध हमला भएको भन्दै इजरायलको आपत्ति

२०८२, २० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-

इजरायलका विदेशमन्त्री गिदोन सारले अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरमा भएको घटना यहुदी विरोध भन्दै आपत्ति जनाएका छन् । यो घटनाबाट निकै आश्चर्यचकित र दुखित भएको बताउँदै उनले यसलाई यहुदी विरोधी हमलाको संज्ञा दिएका हुन् ।गिदोन सारले आफ्नो एक्स एकाउन्टमा लेखेका छन्, ‘कोलोराडोको बोल्डरमा यहुदीहरूलाई लक्षित गरेर गरिएको यो हमला निकै दुखद र पूर्ण रूपमा यहुदी विरोधी हो।’

उनले थपे, ‘म यस हमलामा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य लाभको कामना गर्दछु।’ गिदोन सारले मिडियामा फैलिएको झूट र गलत सूचनाहरूले यस्तो घृणालाई बढावा दिएको बताए।उनले अमेरिकामा रहेका इजरायली राजदूत र लस एन्जलसस्थित महावाणिज्य दूतावाससँग पनि यो विषयमा कुरा गरेको जानकारी दिएका छन् । यसैबीच, अमेरिकी अनुसन्धान निकाय एफबीआईले उक्त घटनालाई आतङ्कवादी हमलाको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । यद्यपि प्रहरीका अनुसार यो घटनालाई अहिलेसम्म आतङ्कवादी हमला भनी वर्गीकृत गरिसकिएको छैन ।

के हो घटना ?

अमेरिकी प्रहरीका अनुसार, कोलोराडोको बोल्डर शहरमा रहेको एक शपिङ मलमा एक व्यक्तिले मानिसहरूलाई आगो लगाउने प्रयास गरेका छन् । यस घटनामा धेरै मानिसहरू जलेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, जब हमला भयो, त्यो बेला केही मानिसहरू इजरायली बन्धकहरूको समर्थनमा एक शान्ति मार्च गर्दै थिए। त्यस्तो प्रकारको मार्च सो क्षेत्रमा प्रायस् भइरहने गरेको बताइएको छ ।

हमलापछि एफबीआईका उच्च अधिकारीहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । एफबीआई प्रमुख काश पटेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी कोलोराडोको बोल्डरमा भएको सम्भावित आतङ्कवादी हमलाबारे जानकारीमा छौं र यसबारे पूर्ण अनुसन्धान भइरहेको छ। हाम्रो टोली र स्थानीय कानूनी निकाय घटनास्थलमा उपस्थित छन् र नयाँ जानकारी आउनेबित्तिकै अपडेट दिइनेछ ।’

एफबीआईका अर्का वरिष्ठ अधिकारी ड्यान बन्जियोले पनि घटनास्थलमा पुगिसकेको जनाउँदै भनेका छन्, ‘हामी यस घटनालाई एक लक्षित हिंसा र आतङ्कवादी कृत्यको रूपमा अनुसन्धान गरिरहेका छौं । अनुसन्धानमा कुनै कमी गरिने छैन ।’बोल्डर प्रहरी प्रमुख स्टेफन रेडफर्नका अनुसार यो हमलामा धेरै मानिसहरू घाइते भएका छन्, जसमा धेरैलाई जलनका कारण गम्भीर चोट लागेको छ । उनका अनुसार अभियुक्तलाई फेला पारी नियन्त्रणमा लिइएको छ ।

अभियुक्त पनि केही सामान्य घाइते भएको र उपचारका लागि अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ। यद्यपि, स्थानीय प्रहरीले हालसम्म यस घटनालाई आतङ्कवादी हमला भनेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu