Connect with us
Kapilvast Forest

हजयात्राका क्रममा १३ इरानी नागरिकको मृत्यु

२०८२, २६ जेष्ठ आईतवारमा प्रकाशित

साउदी अरबका शहरहरूमा बढ्दो तापक्रमका बीच हजयात्राका क्रममा कम्तीमा १३इरानी नागरिकको मृत्यु भएको छ।इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले शनिबार विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो। ‘सन् २०२५ को हज यात्राका क्रममा (जुन ६) सम्म मृत्यु भएका इरानी हज यात्रीको कुल संख्या १३ पुगेको छ’, विज्ञप्तिमा भनिएको छ।

हालैका दिनहरूमा साउदी अरबका शहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियसेभन्दा माथि पुगेको छ । जसले गर्दा हज यात्रीहरूले व्यापक गर्मीको सामना गर्नुपरेको छ । यो वर्ष मात्रै ८६ हजार ७०० इरानीहरू तीर्थयात्राका लागि साउदी अरब गएका छन् । गत वर्ष साउदी अरबको हज यात्रामा ५१.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यात्राका क्रममा २२ इरानीसहित एक हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu