Connect with us
Kapilvast Forest

भिजिट भिसा प्रकरणमा अख्तियारको कारबाहीपछि ६६६ जनालाई विमानस्थलबाट फर्काइयो

२०८२, २० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं –

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो १० दिनको अवधिमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फर्काएको छ । सबैभन्दा धेरै यूएई जान खोज्नेहरूलाई फर्काइएको कार्यालयले जनाएको छ ।गृह मन्त्रालयका सहसचिव एवम् तीर्थ भट्टराईलाई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले ७ जेठमा नियन्त्रणमा लिएर केरकार थालेपछि अध्यागमन कार्यालयले कडाइ गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिष्ठ अध्यागमन अधिकृत एवम् सूचना अधिकारी अञ्जन न्यौपानेले ८ जेठदेखि १८ जेठको अवधिमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फर्काइएको जानकारी दिए ।उनका अनुसार सबैभन्दा धेरै यूएई जान खोज्ने ४३७ जनालाई फर्काइएको छ । त्यसपछि क्रमशः धेरै संख्या ओमान र कतार जान खोज्नेहरुको छ । फर्काइएकाहरुमा कम्बोडिया, मलेसिया जान खोज्नेहरू पनि छन् ।

भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्दा गृहमन्त्री रमेश लेखकको सचिवालयका सदस्यहरु समेत मुछिएको पाइएपछि मन्त्री लेखक पनि विवादमा तानिएका छन् ।भिजिट भिसाको नाममा मानव तस्करी हुने गरेको विषय विगतमा पनि सार्वजनिक हुने गरेकाले अध्यागमन विभागले २०८० माघ १० गतेदेखि ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागु गरेको थियो ।

त्यसमा भिजिट भिसामा विदेश जानेहरूसँग कम्तीमा ६ महिनाको अवधि भएको पासपोर्ट, दुईतर्फी टिकट, भिसा, सम्बन्धित देशको मुद्रा सटही ९कम्तीमा ५ सय डलर०, भ्रमण अवधिभर बस्ने होटल बुकिङको प्रमाणपत्र वा होटलमा नबसी आफन्तसँग बस्ने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने लगायतका नियम छ ।तीमध्ये कुनै पनि एउटा डकुमेन्ट नपुगेमा यात्रा अनुमति नदिइने वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपाने बताउँछन् । ‘सोही आधारमा १० दिनको अवधिमा ६६६ जनालाई अध्यागमनबाट फर्काएका हौं,’ उनले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu