Connect with us
Kapilvast Forest

यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

२०८२, २० जेष्ठ सोमबारमा प्रकाशित

pakrau

काठमाडौं –

यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेका छन् । ‘उनीहरूविरुद्ध काठमाडौं र पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ’, थापाले अनलाइनखबरसँग भने ।

यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका हुन् । सोमबारका लागि नवराज सुवेदी नेतृत्वको राजावादी समूहले पनि बन्द गर्ने घोषणा गरेको थियो ।तर, आइतबार बेलुकी नै पक्राउ परेका नेताहरू कमल थापा, दिपक सिंह लगायत छुटेका थिए भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बन्दमा आफूहरूको समर्थन नभएको बताएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu