Connect with us
Kapilvast Forest

पञ्चायतमा प्रधानमन्त्री तुलसी गिरिले खेपेका थिए भ्रष्टाचार अभियोग, बहुदलमा माधव नेपालले

२०८२, २३ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं –

तत्कालीन प्रधानमन्त्री माधव नेपालले पतन्जली प्रकरणमा भ्रष्टाचार अभियोग खेप्दैगर्दा पञ्चायतकालको पुराना भ्रष्टाचार अभियोगको सम्झना हुन गएको छ । तत्कालीन प्रधानमन्त्री तुलसी गिरिले गलैंचा निर्यात काण्डमा व्यापारीलाई छुट दिँदा भ्रष्टाचार गरेको अभियोग खेपेका थिए ।

डा। भेषबहादुर थापाले लेखेको ‘राष्ट्र परराष्ट्र स् एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तकका अनुसार तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले पानीजहाज काण्डमा मुछिएपछि त्यसको प्रतिशोधस्वरुप गलैंचा काण्डमा ध्यान दिएका थिए । केही व्यापारीहरुले गलत तरिकाले गलैंचा निर्यातमा छुट लिन खोज्दा तत्कालीन प्रधानमन्त्री गिरी, अर्थमन्त्री, वाणिज्यमन्त्री सहित ३२ कर्मचारी मुछिएका थिए । तत्कालीन राजा वीरेन्द्रले ठूलो आर्थिक भ्रष्टाचार हुँदा पनि निरीहतामात्रै देखाएको उक्त पुस्तकमा लेखिएको छ ।

भ्रष्टाचार तथा सुशासनको बारे निरन्तर कलम चलाउँदै आएका अध्येता तथा लेखक हरिबहादुर थापाका अनुसार गलैंचा निर्यातमा अधिक बिजकीकरण गरी सीमित व्यापारीलाई पोषेको अभियोगमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगले त्यसबेलाका बहालवाला प्रधानमन्त्री गिरिविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा उनले दुई वर्षपछि सफाइ पाएका थिए । थापाले आफ्नो पुस्तक ‘रजगज’मा त्यसबेला आयोगले गिरिविरुद्ध चलाएको मुद्दाको विवरण प्रकाशित गरेका छन् ।

०३५ मंसिरमा तत्कालीन प्रधानमन्त्री गिरिसहित, कामु अर्थसचिव नरकान्त अधिकारी, वाणिज्य सचिव ईश्वरीलाल, गभर्नर कुलशेखर शर्मा, भन्सार विभागका निर्देशक दुर्गाप्रकाश पाण्डेलगायत मुछिएका थिए । गलैंचा निर्यातमा छुट र व्यापारीलाई अनुचित लाभांश दिनलाई काण्ड गराएका बारे राजा वीरेन्द्रलाई जानकारी भए पनि उनले केही गर्न नसकेको आलोचना भएको थियो, भलै अहिलेजस्तो सार्वजनिक रुपमा बोल्ने हिम्मत कसैको हुन्थेन ।

मन्त्रिपरिषद् बैठकमा अनुचित लाभांश दिने प्रवृत्तिले देशमा डलर सन्चिती हुने भए पनि व्यापारप्रति आम विश्वास घट्ने तर्क मन्त्रिपरिषदकै सदस्यले गरेका थिए । तर अध्यक्षता गरिरहेका राजा वीरेन्द्रले व्यापार हुँदा डलर आयात हुन्छ भने त्यसलाई किन रोक्ने भनी तर्क गरेका थिए । त्यसका लाभ व्यापारीलाई हुन गए पनि व्यवसायिक क्षेत्रप्रति सर्वसाधारणको मनमा अविश्वास पैदा भएको डा भेषबहादुर थापाको पुस्तकमा उल्लेख छ ।

यसरी राजपरिवारसमेतको निर्देशनमा भएको काममा मन्त्रिपरिषद्का प्रधानमन्त्री गिरि मुछिन पुगेका थिए । अहिले भने पूर्वप्रधानमन्त्री माधव नेपाललाई पतन्जली प्रकरणमा मुद्दा लागेको छ । यसले पुराना भ्रष्टाचार काण्डलाई एकपल्ट सम्झाइदिएको छ, जहाँ प्रधानमन्त्री नै संलग्न भएका थिए । अनि यसका लागि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले पृष्ठभूमि तयार पारेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu