संसद् बैठक सारेर विपक्षी दलहरूसँग छलफलमा सभामुख
काठमाडौं –
सभामुख देवराज घिमिरे र विपक्षी दलहरूबीच छलफल जारी छ । संघीय संसद् भवनस्थित सभामुखको कार्यकक्षमा विपक्षी दलहरूसँग अहिले छलफल चलिरहेको हो ।दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सारेर सभामुखले विपक्षी दलहरूसँग छलफल गरिरहेका हुन् ।
विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गरिरहेका छन् ।यसअघि सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।