Connect with us
Kapilvast Forest

विश्व वातावरण दिवसमा चन्द्रौटामा सरसफई कार्यक्रम सम्पन्न

२०८२, २३ जेष्ठ बिहीबारमा प्रकाशित

कपिलवस्तु –
कपिलवस्तुको चन्द्रौटामा आज विश्व वातावरण दिवस मनाइएको छ । प्रत्येक वर्ष जून ५ मा मनाइने विश्व बातावरण दिवश देशका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरेर मनाईएको छ । यस अवशरमा शिवराज नगरपालिकाको मुख्य बजार चन्द्रौटामा सरसफाई तथा प्लास्टिक निषेध सम्बन्धी सचेतीकरण कार्यक्रम सम्पन्न गरिएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्रको सहजीकरणमा शिवशक्ति युवा सन्जाल, लालीगुराँस युवा सन्जाल र सिद्धार्थ युवा सञ्जालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विश्वव्यापी प्लास्टिक प्रदूषणको अन्त्य गराँै भन्ने नाराका साथ कार्यक्रममा सहभागीले प्लास्टिकजन्य फोहर र अन्य फोहर सङ्कलन गरी व्यवस्थापन गरेका थिए । बजारमा पलाष्टिक उठाउदै आफ्नो घरअगाडि आफै सफागर्न आग्रह गरेका थिए । प्लास्टिकजन्य फोहरले बतावरणमा प्रतिकुल असर गर्ने भएकोले यसको प्रयोगलाई न्युनिकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
नगरप्रमुख अजय थापाको नेतृत्वको नगरप्रहरीहरु, दमकल कर्मचारी सहितको टोलि, सिद्धार्थ सामाजिक विकास केन्द्रका अजय चौधरीको नेतृत्वको टोलि, सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोट बालापुरका अध्यक्ष लक्षमण भुषालको नेतृत्वको टोलि, विभिन्न क्लवका सदस्यहरु लगायतको उपस्थितिमा चन्द्रौटा बजारमा सरसफाई गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu