Connect with us
Kapilvast Forest

विश्व वातावरण दिवसमा लुम्बिनी ग्रीन रिसोर्टले गर्यो सरसफाई

२०८२, २३ जेष्ठ बिहीबारमा प्रकाशित

पुनहरी घिमिरे कपिलवस्तु-
५३ औं विश्व वातावरण दिवसको अवसरमा आज कपिलवस्तुको चन्द्रौटामा रहेको लुम्बिनी ग्रीन रिसोर्टले चन्द्रौटा क्षेत्रमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण तथा स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, स्वयंसेवक तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै रिसोर्टका संचालक लक्ष्मण भण्डारीले वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता अभियानहरूले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।

यस्तै रिसोर्टका सीइओ काशीराम अधिकारीले प्लास्टिकजन्य फोहोर घटाउने, पुनः प्रयोग र पुन प्रयोगमा ९चभगकभ ७ चभअथअभि० जोड दिनुपर्ने बताउनुभएको थियो ।

बिहानैदेखि सुरु गरिएको सरसफाई अभियानमा रिसोर्ट को वरपर सरसफाइ तथा वृक्षारोपण गरिएको थियो।साथै शिवराज ४ मा रहेको स्वर्गद्वारी आश्रम खरेन्द्रपुर, चन्द्रौटा बजार तथा सार्वजनिक स्थान, पार्क वरपरको क्षेत्र सफा गरिएको रिसोर्टका सेल्स एन्ड मार्केटिङ म्यानेजर बिष्णु बन्जाडेले बताउनुभयो । सहभागीहरूले हातमा झोला, डस्टबिन र पञ्जा सहित फोहोर सङ्कलन गर्दै वातावरण सफा राख्नुपर्ने सन्देश प्रवाह गरेका थिए । लुम्बिनी गिरीनिसोर्ट विगतमा पनि सामाजिक कार्यहरूमा अग्रपंक्तिमा रहेको छ।

विश्व वातावरण दिवस ९जुन ५० हरेक वर्ष पृथ्वीको संरक्षणका लागि विभिन्न गतिविधिहरू गर्दै मनाइन्छ। यस वर्षको नारालाई मध्यनजर गर्दै कार्यक्रमले ‘हाम्रो वातावरण, हाम्रो जिम्मेवारी’ भन्ने भावना फैलाएको आयोजकहरूले बताएका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu