Connect with us
Kapilvast Forest

पत्रकार टिकाप्रसाद भट्ट विरुद्ध भ्रष्टाचारमुद्दा दायर

२०८२, २४ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-

पत्रकारको आवरणमा सरकारी कर्मचारीहरुलाई धम्क्याउने र रकम असुल्ने गरेको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापका एक कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नासु पदमा कार्यरत टिकाप्रसाद भट्ट विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । साउन, २०४९ सालदेखि अस्थायी खरिदारमा कार्यरत उनले लगत्तै अनिश्चितकालिन म्याद थप गरेको कैयौ निकायबाट एकसाथ लाभ लिएको अख्तियारको आरोप छ ।

कान्तिपुर दैनिकको पूर्णकालीन पत्रकार भएर त्यहाँबाट नियमित पारिश्रमिक तथा तलब लिनुका साथै नगर विकास समिति लगायत अन्य निकायबाट पनि पारिश्रमिक लिएको अख्तियारको आरोप छ ।कर्मचारीको परिचय लुकाई पत्रकारको हैसियतले विभिन्न कार्यालयहरुबाट काजरभ्रमण अनि बैठक भत्ता लिएको भन्दै अख्तियारले त्यसलाई गैरकानूनी लाभ भनेको छ ।

अख्तियारको आरोप अनुसार, उनी मन्थली बचत तथा ऋण सहकारी, रामेछाप, मिडाड नेपाल नामक विज्ञापन एजेन्सी लगायतमा कार्यरत थिए । अख्तियारले उनीमाथि २०४९ सालदेखि अहिलेसम्म १ करोड १५ लाख रुपैंया गैरकानूनी लाभ लिएको अख्तियारको आरोप छ ।अख्तियारले उनलाई कमिसन दिई भ्रष्टाचार गरेको आरोपमा सघन शहरी तथा भवन निर्माण आयोजनाका तत्कालिन प्रमुखहरु अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, लेखा प्रमुख यमलाल बेल्वासे, सुरेश दाहाल लगायतमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu