Connect with us
Kapilvast Forest

वैशाख यता चट्याङबाट १४ जनाको मृत्यु, कसरी बच्ने

२०८२, २४ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौँ –

प्राकृतिक विपद्का जोखिमपूर्ण घटनाहरूमध्ये चट्याङ पनि एक हो। वर्षेनी चट्याङबाट धेरै मानिसको अकालमै ज्यान गइरहेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही वैशाख १ गतेदेखि जेठ २२ गते(हिजो बिहिवार)सम्म देशभर चट्याङका १०२ वटा घटनाबाट १४ जनाको मृत्यु भइसकेको छ। यसबाट ७५ जना घाइते भएको प्राधिकरणले जनाएको।

चट्याङविज्ञका अनुसार बढी वैशाख, जेठ र भदौ महिनामा चट्याङ पर्छ। अत्यधिक मात्रामा वैशाख–जेठमा पर्ने र असार–साउनमा बादल भए पनि कम चट्याङ पर्ने सम्भावना हुन्छ।यस वर्षको मनसुन नेपालमा भित्रिसकेको छ। यो बेला भारी वर्षा, बाढी, पहिरो, डबान, चट्याङलगायतका घटना हुन्छन्।  चट्याङ लागेपछि कतिपय सर्वसाधारण डरले आत्तिने गर्छन्। प्राधिकरणका अनुसार चट्याङ लाग्दा यी सुरक्षित उपाय अपनाउन सकिन्छ।

जस्तै :
-सकेसम्म घरभित्रै बस्ने
-बाहिर हुँदा बिजुली चम्केका वेला वा पानी परेका वेला रूखमुनि ओत नलाग्ने
-बिजुलीको खम्बामुनि नबस्ने
-छाता नओढ्ने
-खेतबारीमा काम नगर्ने
-पौडी नखेल्ने
-डुंगा नचलाउने
-सवारीसाधनमा भए भित्रै बस्ने
– चट्याङ लाग्दा मोबाइल,टिभी नचलाउने
-चट्याङ पर्दा सुरक्षित ठाउँ नपाए दुवै हात टाउकोमाथि राखी निहुरिएर टाउकोलाई घुँडा बीचमा राख्ने।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu