Connect with us
Kapilvast Forest

तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट

२०८२, २५ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं

नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको भवन निरिमाणका लागि शहरी विकास मन्त्रालयले तीन करोड बजेट विनियोजन गरेको छ ।मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरेको हो । मन्त्रालयले गणेशमान स्मृति भनवको नाममा बजेट विनियोजन गरेको भए पनि यो तरुण दलको भवन हो ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद भनेका छन् । गुरुङले बजेटका लागि पहल गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।शहरी विकासमन्त्री कांग्रेसकै प्रकाशमान सिंह छन् । तरुण दलले उनलाई पनि बजेट विनियोजन गरिदिएको भन्दै आभार प्रकट गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu