Connect with us
Kapilvast Forest

कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग रहेको शेखर कोइराला खुलासा

२०८२, २५ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्ताको चाबी वामपन्थीको हातमा भएको टिप्पणी गरेका छन् ।शनिबार भक्तपुरमा आयोगित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देश अप्ठेरो परिस्थितिमा गइरहेकोले सत्ताको चाबी अब कांग्रेसले लिनुपर्ने बताए ।

कांग्रेसलाई मध्यमार्गी पार्टीको रूपमा चित्रित गर्दै उनले मध्यमार्गी पार्टी कमजोर हुँदा देश अराजकतामा जाने बताए । ‘अत्यन्तै अप्ठेरो परिस्थितिमा देश गइरहेको छ। नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो। हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन, उग्रवामपन्थीको त कुरै भएन,’ उनले भने, ‘कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ।’

नेता कोइरालाले अराजकता रोक्न कांग्रेसले मात्रै सक्ने तर्क गरे । ‘त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ।’उनले कांग्रेस सरकारमा भए पनि सत्तामा नरहेको जिकिर गरे । ‘सरकार र सत्ता फरक कुरा हुन्। हामी सरकारमा छौँ। नेपाली कांग्रेस सरकारमा छ। तर सत्ताको चाबी हामीसित छैन,’ उनले भने, ‘यसको अर्थ तपाईंहरू आफैँ लगाउनुस् ।’

नेताले वामपन्थीबाट सत्ताको चाबी लिनुपर्ने तर्क गरे । ‘सत्ताको चाबी वामपन्थीसँग छ। त्यसलाई कसरी हामीले खोल्ने रु चाबी खोल्नुपर्‍यो नि त,’ उनले भने ।एमालेले गलत काम गरिरहेको भन्दै उनले गलतलाई गलत भन्न सक्नुपर्ने बताए । ‘भोलिको प्रतिस्पर्धी एमाले हो। उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ,’ उनले भने, ‘ गलतलाई गलत भन्न सकेनन् भने ती कांग्रेसका कार्यकर्ता होइनन्।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu