Connect with us
Kapilvast Forest

मुम्बईमा गुडिरहेको रेलबाट खसे १० यात्रु

२०८२, २७ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं –

भातरको मुम्बईस्थित ठाणे जिल्लाको मुम्ब्रा रेलवे स्टेसन नजिकै गुडिरहेको ट्रेनबाट १० जना यात्रु खसेका छन् ।गुडिरहेको रेलबाट यात्रु खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।सोमबार बिहान ९स्२० बजेको समयमा कसरा(एएसएमटीको द्रुत लोकल ट्रेनबाट ती यात्रुहरू खसेको मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज नीलाले बताए ।

लोकल ट्रेनका गार्डलाई उदृत गर्दै उनले भने, ‘ठाणेको मुम्ब्रा र दिवा बीचको लोकल ट्रेनमा यात्रा गरिरहेका यात्रुहरू दुर्घटनामा परेका हुन् । सबै घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।’सीपीआरओ स्वप्निलका अनुसार मुम्ब्रा र दिवा रेलवे स्टेसनहरू बीचको डाउनरफास्ट लाइनमा दुर्घटना भएको थियो ।

उनका अनुसार एउटा रेल कसरा तर्फ र अर्को सीएसएमटी तर्फ गइरहेको थियो । दुवै रेलका केही यात्रुहरू फुटबोर्डमा उभिरहेका थिए । ती दुई रेल क्रस हुँदा यात्रुहरू एकआपसमा ठोक्किर रेलबाट तल खसे ।सीपीआरओले यो टक्कर नभएको तर विपरीत दिशामा गइरहेका दुई रेलको फुटबोर्डमा यात्रा गरिरहेका यात्रुहरू एकअर्कासँग अल्झिएर दुर्घटना भएको स्पष्ट पारेका छन् ।

‘सामान्यतया दुई रेलहरू बीच १।५ देखि २ मिटरको दुरी हुन्छ, तर जब रेल घुमाउरो हुन्छ, यो अलिकति ढल्किन्छ। यो दुर्घटना यही झुकावका कारण भएको हुन सक्छ,’ उनले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu