Connect with us
Kapilvast Forest

अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक

२०८२, २७ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-

अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयनमा आउन लागेको हो ।

यसअघि घोषणा गरिएको १२ देशबाहेक थप ७ देशका नागरिकहरूमाथि आंशिक यात्रा प्रतिबन्ध पनि लागू हुनेछ । यो रोक आप्रवासन र गैर(आप्रवासन)(इमिग्रेशन) दुवै प्रकारका भिसामा लागू हुनेछ ।

राष्ट्रपति ट्रम्पले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धअन्तर्गत अफगानिस्तान, म्यानमार ९बर्मा०, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । त्यस्तै, आंशिक प्रतिबन्ध लागेका देशहरुमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।

ट्रम्पले अमेरिकी नागरिकहरूको सुरक्षा र जीवनको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै यो निर्णय गर्नुपरेको बताएका थिए । ‘अमेरिका यस्तो विदेशीबाट सुरक्षित रहनुपर्छ, जो आतंकवादी आक्रमण गर्न, राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन, घृणा फैलाउन वा आप्रवासन कानूनको दुरुपयोग गर्न खोज्छन्,’ उनले भनेका थिए ।

पूर्ण प्रतिबन्ध र आंशिक प्रतिबन्धबीच के फरक छ ?

अमेरिकी विदेश मन्त्रालयअनुसार, पूर्ण प्रतिबन्ध लागू भएका देशका अधिकांश नागरिकहरूको अमेरिका प्रवेश पूर्ण रूपमा निषेध हुन्छ।यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम गर्ने भिसा र आप्रवासन भिसा लिनेहरू सबै समावेश हुन्छन् ।

आंशिक प्रतिबन्ध लागू भएका देशका नागरिकहरूलाई केही विशेष प्रकारका भिसा वा प्रवेशमा मात्र रोक लगाइन्छ । जस्तै, इमिग्रेशन भिसा नदिइए पनि पर्यटक भिसा प्राप्त गर्न सकिन्छ । विद्यार्थीलाई अनुमति दिइन्छ, तर वर्क पर्मिटसहितको भिसामा रोक लाग्न सक्छ।

भिसा जारी गर्दै सावधानी अपाउन आग्रह

ट्रम्पले जुन ४ मा विदेशका नागरिकहरूलाई भिसा जारी गर्दा सावधानी अपनाउन भनका थिए । उनले भनेका थिए, ‘यस्ता व्यक्तिहरू अमेरिका नआऊन्, जसले अमेरिकी नागरिक वा राष्ट्रिय हितमा क्षति पुर्‍याउन सक्छन् ।’

उनका अनुसार, इमिग्रेशन भिसा लिनेहरू स्थायी बासिन्दा बन्ने भएकाले उनीहरूको जाँच कडा र आवश्यक हुन्छ । एकपटक प्रवेश पाइसकेपछि उनीहरूलाई निष्कासन गर्नु गाह्रो हुन्छ।

त्यस्तै नन(इमिग्रेशन भिसा लिनेहरूमा जाँच कम हुन्छ, त्यसैले जुन देशमा परिचय र जानकारी आदानप्रदानको पर्याप्त व्यवस्था छैन, त्यहाँबाट आउनेहरूलाई रोक्नु आवश्यक हुने उनको तर्क थियो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकाल सन् २०१७ मा यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) लागू गरेका थिए, जसलाई धेरैले ‘मुस्लिम ब्यान’ पनि भनेका थिए। यसमा धेरै मुस्लिम(बहुल देशहरू समावेश थिए ।

जनवरी २०१७ को आदेशअनुसार, प्रारम्भिक प्रतिबन्धमा

इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया, र यमन गरी ७ देशका नागरिकको अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको थियो ।

यद्यपि यो प्रतिबन्ध सूचीमा पछि केही परिवर्तन गरिएको थियो । यो सूचीबाट पछि इराकलाई हटाइएको थियो । पछि सुडानलाई पनि हटाएर चाडलाई थपिएको थियो र त्यसपछि उत्तर कोरिया र भेनेजुएला जस्ता गैर(मुस्लिम देशहरू पनि थपिए ।

बहाना आतंकवादको

ट्रम्पले आतंकवाद रोक्नका लागि यी प्रतिबन्धहरू आवश्यक रहेको बताउँदै आएका छन् । उनले भने, ‘यस्ता प्रतिबन्धहरू विदेशी सरकारसँग सहकार्य गर्न, आप्रवासन कानून कार्यान्वयन गर्न, राष्ट्रिय सुरक्षा र विदेश नीति तथा आतंकवाद विरोधी कदमलाई सुदृढ गर्नका लागि आवश्यक छन्।’

उनको आदेशमा उल्लेख गरिएको छ, ‘अफगानिस्तानमा तालिबानको नियन्त्रण रहेकोले त्यहाँ सक्षम वा सहयोगी सरकार छैन, जसले पासपोर्ट वा नागरिकता कागजातहरू जारी गर्न सक्छ। त्यसैले पर्याप्त जाँच प्रणाली छैन।’

आदेशमा भनिएको छ, ‘म्यानमारमा प्रतिबन्ध लगाउनुको कारण त्यहाँ धेरै नागरिकहरू भिसा सकिएपछि पनि अमेरिका नछाड्ने प्रवृत्ति देखिन्छ ।’

विभिन्न रिपोर्टहरूका अनुसार बी१रबी२ भिसा लिने म्यानमारका २७ प्रतिशतभन्दा बढी नागरिक निर्धारित समयभन्दा बढी अमेरिका बस्ने गरेका छन् ।

त्यस्तै, एफ, एम र जे क्याटेगोरीको भिसा लिने ४२ प्रतिशतभन्दा बढी त्यहाँका नागरिक निर्धारित समयभन्दा बढी अमेरिका बस्ने गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu