Connect with us
Kapilvast Forest

प्रतिनिधि सभा बैठकको अवरोध हटाउन सहमतिको प्रयास जारी

२०८२, ३१ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-

विपक्षी दलहरुको विरोधका कारण जेठ १३ गतेदेखि प्रभावित प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आजको बैठक दिउँसो १ बजे बोलाइएको छ ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादी केन्द्र, रास्वपासहितका प्रतिपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आएका छन् । जेठ १५ गते बजेट प्रस्तुत हुन दिएका प्रतिपक्षी दलहरुले त्यसपछिका बैठकमा भने अवरोध पुर्‍याउँदै आएका छन् ।

गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट पछि हटेर प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने माग राख्दा पनि सत्ता पक्ष तयार नहुँदा सहमति जुट्न सकेको थिएन । जसका कारण बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।दुवै पक्षका पछिल्ला बैठक र छलफलहरुमा भिजिट भिसा प्रकरणमा छानबिन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले लचक हुँदै छानबिन समिति गठनमा प्रतिबद्धता जनाएका छन् ।

यद्यपि समिति कस्तो हुने, त्यसको कार्यादेश के हुने लगायतका विषयमा सहमति भइसकेको छैन । त्यसैले आज पनि सहमतिको प्रयास गर्ने नेताहरुले बताएका छन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विहीबार पत्रकारहरुसँग कुरा गर्दै सहमति नजिक फुगेकाले शुक्रबारको बैठक सुरु हुन सक्ने बताएका थिए ।

माओवादी केन्द्रका अर्का नेता माधव प्रसाद सापकोटाले सत्तापक्षले ल्याउने प्रस्ताव हरेर सदनको अवरोध हट्ने कि नहट्ने भन्ने निश्चित हुने बताए ।यदि शुक्रबार सदनको अवरोध हटेमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन् ।

यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२र०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छन् ।साथै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गर्ने लगायतका सम्भावित कार्यसूची पनि छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu