Connect with us
Kapilvast Forest

कपिलवस्तुको थारु समुदायमा नयाँ नियम लागू

२०८२, ३० जेष्ठ बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल, कपिलवस्तु –
थारु कल्याणकारीणी सभा शिवराज नगर कार्यसमिति कपिलवस्तुले अबदेखि विवाह भोजमा लाग्ने खर्चका सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । शिवराज नगरमा रहेका सम्पूर्ण थारु गाउँ बडघरहरूबीच छलफल गरी नयाँ नियम लागू गरिएको सभाका अध्यक्ष प्रकाश चौधरीले जानकारी दिनुभयो ।
बरात स्वागत: रु. १५०० ।
भुई धमका : रु. १०५०।
सुरहा भन्सरिया: रु. ३०००।
लोट बोकवा: रु. ५०५ ।


थारु कल्याणकारीणी सभा शिवराज नगर कार्य समितिका अध्यक्ष प्रकाश चौधरीले जानकारी दिनुभयो कि, “समाजमा बढ्दो अनावश्यक खर्च, देखासिकी र अन्योलताबाट थारु संस्कारलाई जोगाउन तथा एउटै ढाँचामा विवाह कार्यक्रम सम्पन्न गर्न यो निर्णय गरिएको हो । यसले सामाजिक एकता, अनुशासन र पारदर्शिता कायम गर्न सघाउने विश्वास लिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
शिवराज नगरपालिकाका सबै थारु गाउँहरूमा यो नियम तुरुन्तै लागू हुनेछ, र सबैले सोही अनुसार विवाह कार्यक्रम सञ्चालन गर्नुपर्ने थाकसा शिवराजले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu