Connect with us
Kapilvast Forest

अष्ट्रेलियाद्वारा इरानस्थित राजदूतावास बन्द

२०८२, ६ असार शुक्रबारमा प्रकाशित

अष्ट्रेलियाले इरानमा रहेको आफ्नो राजदूतावास बन्द गरेको छ। इरानमा बिग्रिँदा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै दूतावास तत्काललाई बन्द गरेको उसले जनाएको छ।

अष्ट्रेलियाकी विदेशमन्त्री पेन वोङले विद्यमान अवस्थामा कन्सुलर सेवा दिने अवस्था नरहेकाले दूतावास बन्द गरिएको बताएका छन्। अष्ट्रेलियाले आफ्ना सबै अधिकारी र उनीहरूको परिवारलाई इरान छोड्न निर्देशन दिएको छ। विदेशमन्त्री पेन वङका अनुसार राजदूत भने तत्कालका लागि तेहरानमै रहनेछन्। इरानमा कम्तीमा १५ सय अष्ट्रेलियाली नागरिक रहेको बताइएको छ।

यसैबीच अमेरिकाले इरानमाथिको कारबाहीमा सहभागी हुने नहुने बारे आगामी हप्तामात्रै निर्णय लिने भएको छ । यसअघि बाहिरिएका समाचारमा राष्ट्रपति ट्रम्पले युद्धमा सहभागी हुने निर्णय गरिसकेको बताइएको थियो । तर ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले ट्रम्पले अर्को हप्तामात्र यसबारे निर्णय लिने बताएको जनाएकी छिन्।

लेभिटले इरानसँग वार्ताको पर्याप्त सम्भावना रहेको बारे ट्रम्पले विचार गरिरहेको बताएका छन्। उता इजरायल र इरानबीचको मिसाइल हानाहान जारी छ । इरानी आक्रमणमा इजरायलका दुई ठूला अस्पताल बन्द भएका छन्। इजरायलले इरानका परमाणु केन्द्रलक्षित आक्रमण जारी राखेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका आधाभन्दा बढी परमाणु केन्द्र नष्ट गरिसकेको दाबी गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu