अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन गर्न चाहेको संकेत गरेका छन्। आफ्नो सामाजिक सञ्जाल सोसियल ट्रुथमा उनले इरानको मौजुदा सरकारबाट इरान महान बन्न नसकेमा सत्ता परिवर्तन किन नगर्ने भन्नेर प्रश्न गरेका छन्।‘सत्ता परिवर्तन भन्नु राजनीतिक रूपमा सही मानिँदैन, तर यदि मौजुदा इरानी सरकार इरानलाई फेरि महान् बनाउन सफल छैन भने सत्ता परिवर्तन गर्नु नपर्ने किन? मेक इरान ग्रेट अगेन’, उनले लेखेका छन्।
यसअघि हिजो गरिएको पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पीट हेगसेथले अमेरिकाको उद्देश्य परमाणु केन्द्रहरुमा आक्रमण गर्नुमात्र रहेको दाबी गरेका थिए। अमेरिकाले हिजो बिहान इरानको ठूलो परमाणु केन्द्र फोर्दोसहित तीन केन्द्रमा आक्रमण गरेको थियो । उता अमेरिकी आक्रमणपछि इरानले इजरायलमाथिको आक्रमणलाई थप तीव्र पारेको छ।
गएराति राजधानी तेलअभिव, हाइफा लगायतका कैयौँ शहरमा दर्जनौँ मिसाइल खसालेको छ, जसबाट ठूलो भौतिक क्षति भएको बताइएको छ। मावनीय क्षतिको विवरण सार्वजनिक भएको छैन ।