कालो कपडा र निलो रिबन लगाएर संसद पुगे रास्वपा सांसद
काठमाडौं
कालो कपडा र निलो रिबनसहित रास्वपा सांसदहरु संसद भवन पुगेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यत्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कोट, कालो पाइन्ट र निलो रिबनसहित संसद भवन पुगेका हुन् ।महिला सांसदहरुले भने कालो कोट र कालो मिश्रित सारी लगाएका छन् ।
यसअघि अघिल्लो बैठकमा रास्वपा सांसदहरु निलो रिबनसहित संसद बैठकमा सहभागी भएका थिए । त्यतिबेला सत्तारुढ दलहरुका संसदहरुले मर्यादामा प्रश्न उठाएका थिए ।कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले त मर्यादामा नरहनेलाई संसद बैठक कक्षबाट बाहिर निकाल्ने कानुनी व्यवस्था सभामुखलाई स्मरण गराएका थिए ।