राज्यमन्त्री रुपाको गृह जिल्ला कपिलवस्तुमा साढे १ अर्ब बजेट -शिर्षक सहित
सनिउल्ला धोबी-
नेपाल सरकारको वन तथा वातावरण राज्यमन्त्री रुपा विकले आफ्नो गृह जिल्ला कपिलवस्तु विकासको लागि धेरै बजेट बिनियोजन गरेको बताउनु भएको छ ।
राज्यमन्त्री विकले कपिलवस्तुको विकासका लागि १.५ अर्ब रकम विनियोजन गरेको बताउनु भयो ।
विकासको सूचाङ्कमा पछि परेको भन्दै कपिलवस्तुलाई विशेष ग्राहताका साथ बजेट विनियोजन गरिएको राज्यमन्त्री विकले बताउनुभयो ।
कपिलवस्तुको सबै पालिकाका जनप्रतिनिधि तथा स्थानीय नेतृत्वको सल्लाहमा जिल्लाका विभिन्न स्थानमा बजेट विनियोजन गरेको बताउनुभयो ।
कपिलवस्तु विकासका लागि राज्यमन्त्री बिकाले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न मन्त्रालय अन्तर्गत कपिलवस्तु जिल्लामा साढे १ अर्ब रकम पार्न सफल भएकोमा कपिलवस्तु बासी समेत खुसी भएका छन ।
- बजेट शिर्षक सहित…




