Connect with us
Kapilvast Forest

त्रिकोणात्मक टी-२० श्रृङ्खला : स्कटल्याण्डलाई उपाधि, नेपाल ३४ रनले पराजित

२०८२, ७ असार शनिबारमा प्रकाशित

काठमाडौं  –

नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय  श्रृङ्खलाको उपाधि जितेकोे छ। टिटउट रङ्गशालामा गएराति सम्पन्न अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई ३४ रनले हराउँदै उपाधि जितेको हो। स्कटल्याण्डले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५९ रनमा समेटियो। नेपालका लागि रूपेश सिंहले २२ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४३ रन जोडे। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३४ रन जोडे।

कप्तान रोहितकुमार पौडेल २० बलमा ४ चौकाको सहयोगमा २७ रनमा आउट भए। आसिफ शेख १४, भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट भए। स्कटल्याण्डका लागि क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङको निर्णय गरेको स्कटल्याण्ड ले निरधारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ९३ रनको योगफल बनाएको थियो। स्कटल्याण्डले ४ खेलमा २ मा हार र २ मा जितका साथ शीर्ष स्थानमा रहँदै सिरिजको उपाधि जितेको हो। पराजित नेपाल समान खेलमा २ मा जित र २ मा हारका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रह्यो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu