Connect with us
Kapilvast Forest

जापानविरुद्ध टस हारेको नेपाल फिल्डिङमा

२०८२, १० असार मंगलवारमा प्रकाशित

काठमाडौं –

एसीसी यू–१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ। जापानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ। योसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो।

प्रतियोगितामा नेपाल र जापान दुवैले विजयी शुरुवात गरेका छन्। पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू–१६ टिम खेल्दैछन्।प्रतियोगिता अन्तर्गत अब नेपालले जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu