Connect with us
Kapilvast Forest

मुख्यमन्त्रीलाई संसद्‌मा गीतबाटै व्यङ्ग्य– गौरादहको बजारमा, माया हाम्रो बस्यो…

२०८२, ९ असार सोमबारमा प्रकाशित

विराटनगर –

कोशी प्रदेशको बजेट छलफलका क्रममा सांसदले गीत गाएका छन् । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले बजेटमा एकलौटी भएको भन्दै गीत गाएका हुन् ।उनले ‘गौरादहको बजारमा माया हाम्रो बस्यो‘’ बोलको गीत गाएका हुन् ।गौरादह मुख्यमन्त्री हिक्मत कार्कीको निर्वाचन क्षेत्रमा पर्छ । मुख्यमन्त्री कार्कीले आफ्नो क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको भन्दै कटाक्ष स्वरुप उनले गीत गाएका हुन् ।

गायक सीताराम ताजपुरीयाले गाएको यो गीत कुनै समय पूर्वी नेपालमा चर्चित थियो ।आफ्नो क्षेत्रलाई मात्रै बजेट केन्द्रीत गरेको विरोधमा माओवादी सांसद शेर्पाले गीत गाएर सरकारलाई व्यङ्ग्य गरेका हुन् ।

‘वास्तवमा माया बस्ने भनिएको हिजोको गौरादह, गौरादहले गर्दा मुख्यमन्त्रीज्यू तपाईं र मेरो, मुख्यमन्त्री र प्रदेश निवासीको बसिसकेको माया पनि छुट्ने देखियो नि अब,’ उनले भने, ‘प्रत्यक्षले दुई करोड ५० लाख र समानुपातिकले १ करोड ५० लाखको योजना पेश गर्ने र बाँकी चाहिँ क्रमागत र बहुवर्षीय योजनालाई निरन्तरता दिने भनिएको थियो, तर अहिले एउटै मन्त्रालयबाट मत्यगन्धा फनपार्क निर्माणमा पाँच करोड छुट्याइएको छ यो न्यो न्यायपूर्ण हो रु यहाँ भ्रष्टाचारको गन्ध आयो ।’

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो घर छेउको पोखरीमा चार करोड बजेट विनियोजन गरेको उनले बताए । ‘एउटै तहमा चार–चार करोड लगाउने यो, न्यायपूर्ण हुन्छ,’ उनले भने ।साथै, ‘गौरादहको बजारमा, माया हाम्रो बस्यो‘’ बोलको गीत गाए । गौरादहकै कारण मुख्यमन्त्री र प्रदेशबासीबीचको बसेको माया पनि छुट्ने अवस्थामा पुगेको उनले बताए ।

लगातार बजेट

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गृहनगर गौरादह–१ मा रहेको गौरादह पोखरीमा यसपटक प्रदेशबाट ४ करोड ५ लाख रूपैयाँ विनियोजन भएको छ ।पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनामार्फत ४ करोड ५ लाख रूपैयाँ रकम छुट्याइएको हो । संघीय सरकारले पनि २ करोड ७० लाख रूपैयाँ विनियोजन गरेको छ ।

गतवर्ष पनि कोशी प्रदेश सरकारबाट त्यही पोखरीको लागि ४ करोड रूपैयाँ उपलब्ध भएको थियो । त्यसअघि प्रदेश सरकारबाट ३ करोड रूपैयाँ विनियोजन भएको थियो । १२ विघा ५ कट्ठा क्षेत्रफलमा फैलिएको गौरादह पोखरी नगरपालिका मातहतमा छ । प्रदेश सरकारले पोखरीका लागि हालसम्म ११ करोड बजेट विनियोजन गरिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu