विवाह गरेको ६ महिनापछि मृत भेटिइन् अंशा
जनकपुरधाम –
कलकतिया बाली’ भन्ने अविनाश झाकी श्रीमती अंशा सदा मृत फेला परेकी छन् ।जनकपुरधाम उपमहानगरपालिका(१५ स्थित ‘कलकतिया बाली’ सिरियल बनाउने ठाउँमा रहेको आफ्नै घरमा राति साढे ९ बजेतिर २१ वर्षीया सदा मृत फेला परेकी हुन् ।धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सलको पासो लगाएर झुन्डिएको अवस्थामा राति ९:३० बजेतिर उनको शव कोठामा फेला परेको हो ।
प्रहरी रातिदेखि नै घटनास्थलमा खटिएको छ । अहिले घटनास्थलको मुचुल्का गरेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा लगिने प्रहरीको तयारी छ ।मृतक अंशा मधेशको प्रख्यात हाँस्यव्यङ्ग्य युट्युब सिरियल ‘कलकतिया बाली’मा कार्यरत थिइन् । भित्रबाट ढोका बन्द गरेर उनी झुन्डेको अवस्थामा फेला परेको स्थानीय कलाकारको बयान छ ।
६ महिना अगाडि मात्र उनले कलकतिया बाली सिरियलका मुख्य कलाकार अविनाश झासँग विवाह गरेकी थिइन् ।धनुषाको विदेह नगरपालिका-२ धोबी बस्ने अविनाश केही वर्ष यता जनकपुरधाम उपमहानगरपालिका(१५ मा कलकतिया बाली सिरियलको लागि घरहरू बनाएर काम गर्दै आएका छन् ।सिरियलमै काम गर्दागर्दै अविनाश र अंशाले बिहे गरेका थिए । ब्राह्मण समुदायका अविनाश दलितसँग बिहे गरेपछि उनको धेरै प्रशंसा भएको थियो ।