Connect with us
Kapilvast Forest

दुई भन्दा बढी जन्माउनेलाई गाउँपालिकाले प्रोत्साहन गर्ने, बाँझो जमिन राख्नेलाई जरिवाना

२०८२, १० असार मंगलवारमा प्रकाशित

पाल्पा-

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कम्तीमा तीन सन्तान जन्माउनेलाई प्रोत्साहन गर्ने भएको छ। दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई बालबालिकाको पालन पोषणमा सहयोग उपलब्ध गराइने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।

पछिल्लो समयमा गाउँपालिकामा जनसंख्या घट्दै गएको छ। गाउँपालिकाको ऋणात्मक जनसंख्या वृद्धिदरले आगामी ३० वर्षमा कालीगण्डकी गाउँपालिकाको जनसंख्या १७ हजार ९ सयबाट घटेर ५ हजारमा झर्ने प्रक्षेपण गरिएको उनले बताए। सक्रिय उमेर समूहको जनसंख्या हालको अनुपातमा कायम राख्न २ भन्दा बढी सन्तान जन्माउनुपर्ने आवश्यकता देखिन्छ। दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई आगामी आर्थिक वर्षदेखि सहयोग गरिने छ। बालबालिकाको पालन पोषणमा सहयोग गरी प्रोत्साहन गरिने थापाले बताए।

आर्थिक वर्ष २०८२/०८३ लागि १० लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष साबीत्रा कोइरालाले बताइन्। गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरेर नै धेरै सन्तान जन्माउनेलाई प्रोत्साहन गर्न बजेटको व्यवस्था गरिएको उनले बताइन्।

बाँझो जमिन राख्नेलाई जरिवाना

अबदेखि कालीगण्डकी गाउँपालिका भित्रका कुनै जमिन बाँझो राख्न पाइने छैन्। यदि कसैले बाँझो राखेमा जरिवाना तिनुपर्ने गाउँपालिकाले नीति लिएको छ। खेतीयोग्य कुनैपनि जमिन बाँझो राख्नेलाई गाउँपालिकालाई जरिवाना तिर्नुपर्ने छ। जरिवानावापत आउने रकमलाई राजस्वको रूपमा संकलन गरिने छ। व्यक्तिगत वा सामूहिक खेती गर्न चाहने किसानलाई गाउँपालिकाले उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्ने छ।

खेती गर्न नसक्ने किसानको जमिन गाउँपालिकाले भाडामा लिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। ‘आफैले खेती गर्नुपर्छ। होइन भने गाउँपालिकालाई दिनुपर्छ’ उनले भने ‘जमिन बाँझो राख्न पाइँदैन्। बाँझो राखेको पाइएमा जरिवाना तिर्नुपर्छ।’ गाउँपालिकाले भूमि बैंक सञ्चालन गर्ने छ। खेतीयोग्य जमिनलाई बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्नका लागि सामूहिक खेती तथा भूमि बैंक कार्यक्रम सञ्चालन गर्न लागिएको थापाले बताए।

गाउँपालिकाले बजेट नै विनिोजन गरेको छ। स्थानीय सरकारले तय गरेको मूल्यमा जमिन भाडामा लिनेछ। भडामा लिएको जमिन काम गर्ने किसानलाई नि:शुल्क उपलब्ध गराउइने छ। बाँकी जमिनमा गाउँपालिका आफैले व्यवसायिक खेती गर्ने छ। यसरी भाडामा लिएका जमिनमा खेती गर्न गाउँपालिका भित्रकै युवा परिचालन गरिने छ। उनीहरूलाई रोजगार मिल्ने छ। गाउँपालिकालाई आन्तरिक राजस्व वृद्धिमा टेवा पुग्ने थापाले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu