Connect with us
Kapilvast Forest

शिवराज नगरपालिकाले गर्‍यो १ अर्व ३४ करोड ७८ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक

२०८२, १० असार मंगलवारमा प्रकाशित

कपिलवस्तु-न्युज सेन्टर नेपाल

कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ३४ करोड ७८ लाख ८१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यो बजेट गत आर्थिक वर्षको तुलनामा झण्डै १० करोड रुपैयाँले वृद्धि भएको हो।

नगरपालिकाको १७ औं नगरसभामा उपमेयर शिवकुमारी थारुले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नु भएको थियो। उहांले आगामी बजेट जनताको आवश्यकता र अपेक्षा अनुसारको विकासमुखी र समावेशी हुने बताउनु भयो ।

नगरपालिकाले यस वर्ष पनि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ। निःशुल्क शिक्षालाई प्रभावकारी बनाउन शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा ८ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। वडा स्तरिय योजना कार्यान्वयनका लागि १० करोड ५० लाख र स्वास्थ्य शाखातर्फ ४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, कार्यालय सञ्चालन तथा प्रशासन व्यवस्थापनमा १२ करोड ७५ लाख, कृषि विकासका लागि ८५ लाख बजेट छुट्याइएको छ। नगर प्रमुख अजय थापाले नगरसभामा विगत वर्षका काम र प्रगतिको विस्तृत विवरण प्रस्तुत गर्दै नयाँ बजेटलाई थप परिणाममुखी रूपमा कार्यान्वयन गरिने प्रतिवद्धता जनाए।

गत आर्थिक वर्ष २०८१/०८२ मा शिवराज नगरपालिकाले १ अर्ब २४ करोड ७९ लाख ५६ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको थियो। यो वर्ष बजेट बढ्नु नगरको बढ्दो आवश्यकता, विकासको माग र जनताको अपेक्षालाई मध्यनजर गरिएको जनाइएको छ।

नगरसभामा नगर कार्यपालिकाका सदस्य, वडाध्यक्षहरू, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएसँगै नयाँ आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई छिट्टै कार्यान्वयनमा लैजाने तयारी भइरहेको नगर कार्यपालिकाले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu