Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली र स्पेनी समकक्षी सान्चेजबीच आधा घण्टा भेटवार्ता हुने

२०८२, १३ असार शुक्रबारमा प्रकाशित

बार्सिलोना

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग भेटवार्ता गर्ने भएका छन्। सन् २०१८ मा स्पेनमा नेपाली राजदूतावास स्थापना भएपछि प्रधानमन्त्रीस्तरीय भेटवार्ता हुन लागेको यो पहिलो अवसर हो।

संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा भाग लिन शनिबार आउन लागेका प्रधानमन्त्री ओलीले आउँदो सोमबार (जुन ३०) आफ्नो स्पेनी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो।

स्पेनस्थित नेपाली राजदूत शनिल नेपालका अनुसार दुई प्रधानमन्त्रीबीच सेभियामा आधा घण्टा लामो भेटवार्ता हुनेछ। ‘भेटमा पर्यटन, व्यापार र आर्थिक कूटनीतिका क्षेत्रहरूमा आपसी सहयोगका विषयमा छलफल हुनेछ। यसबाट दुबै देश लाभान्वित हुने अपेक्षा गरिएको छ,’ राजदूत नेपालले अनलाइनखबरसँग भने।

विगतका उच्चस्तरीय भ्रमण

नेपाल-स्पेन सम्बन्धमा यसअघि पनि केही ऐतिहासिक क्षणहरू रहिआएका छन्। सन् १९८३ मा स्व. राजा वीरेन्द्र र रानी ऐश्वर्यले स्पेनको राजकीय भ्रमण गरेका थिए। सो अवसरमा सांस्कृतिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

त्यसको चार वर्षपछि, सन् १९८७ मा स्पेनका राजा खुआन कार्लोस र रानी सोफियाले नेपाल भ्रमण गरेका थिए। यस्तै, सन् १९८४ मा राजा वीरेन्द्रले स्पेनी जनता र सरकारलाई ‘हिमालयन रेड पाण्डा’को एक जोडी उपहार दिएका थिए, जसले दुई देशबीचको मित्रता झल्काउँथ्यो।

नेपाल-स्पेनबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९६८ को मे १३ मा स्थापना भएको हो। नेपालको तर्फबाट सन् २०१७ फेब्रुअरीमा म्याड्रिडमा आवासीय दूतावास खोल्ने निर्णय लिइएको थियो। त्यसपछि सन् २०१८ जनवरी १० मा भरतबहादुर रायमाझीलाई पहिलो आवासीय राजदूतको रूपमा म्याड्रिड पठाइएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu