Connect with us
Kapilvast Forest

कृष्णनगरद्वारा सुरक्षा निकायलाई विपत ब्यवस्थापन सामाग्री 

२०८२, १४ असार शनिबारमा प्रकाशित

सनिउल्ला धोबी-

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विपत ब्यवस्थापनको सामाग्री सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित गुल्म कृष्णनगर र इलाका प्रहरी कार्यालय कृष्णनगरलाई हस्तान्तरण गरेको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका क्षेत्रमा हुने कुनै पनि  किसिमको आपत, विपतलाई सामना गर्ने उदेश्यले सो सामाग्री वितरण गरेको नगरप्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

नगर प्रमुख शाहले सशस्त्र प्रहरी वल गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक तुला चौधरी र इलाका प्रहरी कार्यालय
कृष्णनगरका प्रहरी निरीक्षक इश्वरी लौडारीलाई विपत ब्यवस्थापन सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

सशस्त्र प्रहरी वल गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक तुला चौधरीले नगर प्रमुख र पालिकालाई धन्यवाद दिनुभयो ।
विपत ब्यवस्थापनको सामाग्रीले विपतको समयमा सुरक्षाकर्मीले सहज रुपले विपत ब्यवस्थापन गर्ने इलाका प्रहरी कार्यालय
कृष्णनगरका प्रहरी निरीक्षक इश्वरी लौडारीले बताउनु भयो ।

उक्त कार्यक्रममा कृष्णनगरका जनप्रतिनिधि,स्थानीय समाजसेवी, पत्रकारको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu