रवि लामिछानेमाथी भएको राजनैतिक प्रतिशोधको बिरुद्ध चन्द्रौटामा जनताको हस्ताक्षर अभियान सुरु
पुनहरी घिमिरे कपिलवस्तु –
कपिलवस्तुको चन्द्रौटामा रवि लामिछाने माथी भएको राजनैतिक प्रतिशोधको कडा विरोध गर्दै जनताको हस्ताक्षर अभियान सुरु गरिएको छ । जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटा दुर्गा मन्दिर अगाडी आयोजित कार्यक्रममा स्थानीय नेता, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिती रहेको र उत्साहजनक हस्ताक्षर भएको रास्वपाका शिवराज नगर अध्यक्ष बालकृष्ण पाण्डे ले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगर अध्यक्ष बालकृष्ण पाण्डे ले लामिछाने माथी नियोजित रूपमा षड्यन्त्रपूर्वक गरिएका आरोपहरूलाई अस्वीकार गर्दै जनमतको अपमान नगरिनु पर्ने बताउनुभएको छ । उनीहरूले जनताले दिएको मतलाई रद्दीको टोकरीमा फ्याँक्न खोज्ने प्रयासको कडा निन्दा गर्नुभएको छ् । पाण्डे ले थप्नुभयो “रवि लामिछानेमाथि गरिएको यो चलखेल स्वच्छ राजनीतिक प्रतिस्पर्धाको अपमान हो । अबका दिनहरुमा जनताले अझ मजबुत समर्थन देखाउनेछन्।”
कार्यक्रमका सहभागीहरूले लामिछानेलाई न्याय दिलाउन र उनको लोकप्रियताको संरक्षण गर्दै उन्ले विगतमा गरेका काम को मुल्यांकन गर्नुपर्ने बताउदै एकजुट भएर अघि बढ्ने अठोट व्यक्त गरेका छन्।
अभियानका आयोजकले सम्पूर्ण हस्ताक्षर गर्न आउने जनतालाई लोकतान्त्रिक मूल्य र जनादेशको रक्षा गर्न अपिल गरेका छन्।
रास्वपा शिवराज नगर कमिटीले आज बाट सुरु गरेको हस्ताक्षर हप्ताभरी प्रतेक वडामा सन्चालन गरिने छ भने अभियान बिहीवार पनि बिहान ११ बजे अन्तरक्रिया कार्यक्रम रहेको पाण्डेले बताउनुभयो ।

