Connect with us
Kapilvast Forest

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२, १८ असार बुधबारमा प्रकाशित

काठमाडौं-

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरी चौकी त्रिवेणी धनकुटाबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको हो । लागुऔषधमा २०७९ फागुन २ गते मुद्दा दर्ता भई हालसम्म फरार रहेका सहिद भूमि गाउँपालिका– १ का ३२ वर्षीय दिनेश राईलाई उनको घरैबाट असार १७ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए ।

मुद्दा दर्तापश्चात् फरार रहेका लागुऔषध मुद्दाका आरोपी राईलाई उनको घरमा लुकिछिपी बस्दै आएको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो। उनलाई धनकुटा ल्याएसँगै आज जिल्ला अदालत धनकुटाबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu