Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगरमा नेपाल प्रहरीको सार्वजनिक सुनुवाइ

२०८२, २० असार शुक्रबारमा प्रकाशित

लालु चौधरी -कपिलवस्तु

कपिलवस्तुकाे कृष्णानगर नगर पालिका वाड-१२ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाई’ कार्यक्रम समापन भएको छ । ईलाका प्रहरी कार्यालय कृष्णानगर र प्रहरी चौकी कार्यालय बेदार्मी आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालयसँग शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपस्थित केही व्यक्तिहरुले सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छुटको सट्टा अभद्र व्यवहार हुने गरेको, खाल्डाखुल्डी सडकले सास्ती खेप्नु परेको गुनासो गरेका थिए । त्यस्तै भीआईपीलाई बढी सुरक्षा र सर्वसाधारण असुरक्षित भएको गुनासो गरेका थिए भने प्रहरीलाई आवश्यक सवारी नभएको पनि गुनासो आएको थियो

उनले पहुँचका भरका अपराधी सुरक्षित हुने दिन सकिएको भन्दै अन्यायमा परेकाले न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे ।

कृष्णानगरका ईलाका प्रहरी प्रमुख इश्वर लौडारीले सार्वजनिक सुनुवाई कार्यक्रम सफल भएको बताउँदै उपस्थित भएर गुनासो राखिदिएकोमा धन्यवाद व्यक्त गरे । गुनासोको सम्बोधन गर्दै ईलाका प्रहरी कार्यालय कृष्णानगरका प्रमुख इश्वर लौडारी माथिल्लो निकायले दिएको गैरकानुनी आदेश पालना गर्न प्रहरी बाध्य नहुने र सुरक्षाका दृष्टिकोणले सबै समान रहेको बताए । उनले प्रहरीसँग आन्तरिक स्रोत साधनको कमी रहेको स्वीकार गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu