भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारीसम्म संलग्न छन् : राप्रपा
काठमाडौं –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म पार्टीको आन्दोलन जारी रहने बताएका छन् ।प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म राप्रपाले संसद् बहिष्कार गर्ने बताएका हुन् ।
‘अन्य विषयहरुमा जस्तै भिजिट भिसा प्रकरणको लागि भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि पनि छानविन समिति गठन होस् भन्ने माग राख्न चाहन्छु । यदी भएन भने आज पनि राप्रपाले सदन बहिस्कार गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने ।उनले सरकारले दुई तिहाइको आडमा सदन चलाउन खोजिएको भन्दै आपत्ति पनि जनाए ।
‘आज सदन अवरोध भएको ४१ दिनभन्दा बढी भइसकेको छ । यसरी दुई तिहाईको दम्भबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ । भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारी मुछिएको छ । संसारभरी नेपालीहरुको बदनामी भइराखेको यत्रो जल्दो बल्दो भिजिट भिसा प्रकरणमा किन छानबिन समिति गठन गर्नु भएन रु,’ उनको प्रश्न थियो ।